Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

खराल परिवारद्वारा तीन सस्थामा ११ लाखको अक्षयकोष स्थापना 

खराल परिवारद्वारा तीन सस्थामा ११ लाखको अक्षयकोष स्थापना 

  • 2.1K
    SHARES

  • खराल परिवारद्वारा तीन सस्थामा ११ लाखको अक्षयकोष स्थापना 

    कौरव खत्री/गुल्मी,कार्तिक १८ 

    गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा  निवासी समाजसेवी  वेदप्रसाद खरालले अक्षयकोष  स्थापना गर्नुभएको छ ।

    महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा पाँच  लाख पाच सय पचपन्न, रुद्रावती बहुमुखि क्याम्पसमा पाच लाख पाच सय पचपन्न र जनज्योति प्राथमिक विद्यालयमा असी हजार पाँच  सय,पचपन्न  रूपैया गरि कुल  दश लाख, एकासी हजार, ६ सय, पैसठ्ठी रूपैया बराबरको अक्षयकोष  स्थापना गर्नुभएको हाे।

    गत भाद्र १२ गते बुटवल मोटरसाइकल दुर्घटनामा परि दिवङ्गत भएका १३ वर्षिय समिक्षा खराल र ७ वर्षिय सुप्रीम खरालको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।नविन खराल र श्रीमती कमला खरालका जम्मा २ सन्तान थिए दुबै सन्तान गत भाद्र महिनाको १२ गते बुटवलमा भएको मोटरसाइकलमा  दुर्घटनामा परि  ज्यान गुमाएका थिए ।

    ज्यान गुमाएका दुबै दिदीभाइका हजुरबुवा बेदप्रसाद खरालले महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार र सोही वडामा रहेका रुद्रावति बहुमुखी क्यापसमा  जनज्योति प्राथमिक विद्यालयमा  बिहिबार अक्षयकोष स्थापनाका लागि चेक उपलब्ध गराउनुभएको थियो ।

    साथै खराल परिवारले यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । अक्षयकोष रकमको  ब्याजबाट प्राप्त रकमले विद्यालयले  विद्यालयको शैक्षिक गुणस्तरमा रकम खर्च गर्नेछन ।

    त्यस्तै बिहिबार जनज्योती प्राथमिक विद्यालय रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडा सदस्य लक्ष्मण प्रसाद खरालको प्रमुख आतिथ्यता रहेको थियो ।विद्यालयले दुखद क्षणमा पनि सामाजिक भावनाले  शैक्षिक सस्थाको सहयोग गर्दै अक्षयकोष  स्थापना गर्ने  खराल परिवारलाई धन्यवाद दिएको थियो । 

    कार्यक्रममा समाजसेवी पण्डित शालिकराम सापकोटा, प्रधानाध्यापक  सुमित्रा भण्डारी र वडा सदस्य लक्ष्मण प्रसाद खरालले आफ्ना मन्तव्य  राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन भने  शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology