Logo बुधवार, कार्तिक १२ गते २०८३
images

मुलुकलाई अधिनायबाद र निरङ्कुशताबाट बचाउन गठबन्धन : केशव बहादुर थापा (सूर्यवंशी)

मुलुकलाई अधिनायबाद र निरङ्कुशताबाट बचाउन गठबन्धन : केशव बहादुर थापा (सूर्यवंशी)

  • 3.2K
    SHARES

  • मुलुकलाई अधिनायबाद र निरङ्कुशताबाट बचाउन गठबन्धन  : केशव बहादुर थापा (सूर्यवंशी)

    बुटवल, कार्तिक १७ । 

    रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् ।

    बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड दिए ।

    रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापाले मुलुकलाई अधिनायबाद र निरङ्कुशता बाट बचाउन जरुरी रहेकोले अहिलेको सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । 
    उनले देशमा आधाभन्दा धेरै रहेका महिला तथा युवा पुस्ताहरूको सक्रियता र एजेन्डालाई समेत आफूले लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूपू सैनिकहरूले आफ्नो कार्यकालमा देशको सेवामा काम गरेजस्तै सेवा गर्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

    उनले आफूहरूको गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन रहेको बताउँदै यो निर्वाचनले प्रश्चगामीहरुको समूहलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश बचाउनु भनेको देशको मूल कानुन संविधानको रक्षा गर्नु हो । हाम्रो गठबन्धन भनेको देश बचाउन गरिएको गठबन्धन हो । हामी एकजुट छौँ हाम्रो गठबन्धनका उम्म्मेद्वारलाई जिताउनुहोस् । ’

    नेकपा एमालेले बहुमत पुर्‍याएर पनि देशमा राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न नसकी संविधान नै धराशायी बनाएको आरोप लगाउँदै मुलुकलाई समृद्धि बनाउन भ्रष्ट्राचार विरुद्ध निर्णय अभियान नै बनाएर लाग्नुपर्ने उल्लेख गरे । 

    ३ पटक सम्म यो क्षेत्रबाट निर्वाचन विष्णु पौडेललाई लक्षित गर्दै थापाले झुम्साको पानीकै राजनीति गरेको आरोप लगाए । उनले भने, ‘काठमाडौँमा मेलम्चीको पानी जस्तै बुटवलमा पनि झुम्साको पनि सपना मात्र बाँड्नुभयो ३ पटक जितेको उम्मेदवारले, उहाँले सपना देखाउनुभयो, हामी काम गरेर देखाउँछौँ। ’उनले भूमिको अधिकारलाई राजनीति खेल बनाई चुनाव जित्ने आधार बनाउनेलाई अब भोट नदिन उनको आग्रह थियो ।

    कार्यक्रममा बोल्दै सत्ता गठबन्धनबाट रुपन्देही २ दुइ प्रदेशसभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले यति बेला आफूहरूको गठबन्धन संविधान र संघीयताको पक्षमा रहेको बताउँदै यो गठबन्धनलाई विजयी बनाउन आग्रह गरे । उनले प्रदेश योजना आयोगमा रहँदा बिभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेकोले लुम्बिनी प्रदेश र रुपन्देहीलाई हरेक किसिमले अब्बल बनाउने बाचा व्यक्त गरे । 
    उनले जनताहरुपनि यति ठुलो प्रयासपछि बनेको संविधान बचाउने कार्यमा आफूहरूको साथ दिनेमा आफू विश्वस्त रहेको बताउँदै गठबन्धनको केन्द्र र प्रदेश सरकार बनाउने उल्लेख गरे । उनले यो गठबन्धनले दुई तिहाई भन्दा ठुलो बहुमत ल्याउने उनको दाबी छ । 
    यता नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले अहिलेको सत्ता गठबन्धनको जित निकै सहज हुने दाबी गर्छन् ।  नेकपा एमाले कहिले पनि युवा र महिला मैत्री हुन नसकेको आरोप लगाउँदै उनले मंसिर ४ गतेपछि नेकपा एमालेको उपस्थिति शून्य हुने दाबी गरे । उनले हरेक क्षेत्रमा सत्ता सिन गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधानको रक्षा गर्न आग्रह गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology