Logo बुधवार, कार्तिक १२ गते २०८३
images

रुपन्देही क्षेत्र न २ का उम्मेदबारहरुको घरदैलो शुरु

रुपन्देही क्षेत्र न २ का उम्मेदबारहरुको घरदैलो शुरु

  • 1.9K
    SHARES

  • रुपन्देही क्षेत्र न २ का उम्मेदबारहरुको घरदैलो शुरु

    बुटवल,कार्तिक १७ ।

    राजनीतिक दलले आजदेखि आमसभा, कोणसभा तथा जुलुस शुरु गरेका छन् ।

    बुटवलमा रुपन्देही क्षेत्र न २ का उम्मेदबारहरुले घरदैलो शुरु गरेका छन् । क्षेत्र न २ प्रतिनिधिसभाका उम्मेदबार केशब थापा सुर्यबंसी तथा क्षेत्र न २ एक प्रदेशसभाका उम्मेदबार दीर्घबहादुर केसी कुमारले एकैपटक आफ्नो क्षेत्रमा बुटवल ११ बाट घरदैलो अभियान थालेका हुन् ।

    यस्तै रुपन्देही २ ख बाट प्रदेशसभाका उम्मेदबार बामदेब क्षेत्रीले एमालेले झुटको राजनीति गरेको भन्दै यसपाली रुपन्देहीमा बाम गठबन्धनले बहुमत ल्याउने दाबि गरे । उनीहरुले आफुहरुलाइ जिताउन आग्रह गरे । यसैबिच क्षेत्र न २ का संयुक्त गठबन्धनले बुटवल ८ मा प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ ।

    bamdev.jpg

    राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ्चारमाध्यममा प्रचारप्रसारसमेत प्रकाशन र प्रसारण शुरु गरेका हुन् ।

    निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको हो । 

    rupandehi 2 gathanabdan neta 3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology