Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

किसानलाइ राहत : तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

किसानलाइ राहत : तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

  • 1.6K
    SHARES

  • किसानलाइ राहत : तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

    बुटवल,भदाै २८ ।

    किसानले लगाएको धानखेतीमा समस्या देखिन थालेसंगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्धाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरुले धानखेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताए ।

    उनले किसानहरुले लगाएको धान पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसंगै रोगको पहिचान सहित उपचारको प्रवन्ध मिलाउनको लागि शिविर सञ्चालन गरिएको बताए । उनले यहाँ देखिएको समस्याको रिपोर्ट अुनसार नगरपालिकाले तत्काल केही व्यवस्थापन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

    राष्ट्रिय गहुबाली अनुसन्धान कार्यक्रमका कीट बैज्ञानिक बिनिता शर्माले यस क्षेत्रमा मिलिबग नामक किराको समस्या रहेको बताईन् ।

    306727951_5588162051247873_5340325931318294252_n.jpg

    उनले यो रोगको कारणले धानको बिरुवा कमजोर हुने, गाँज हाल्न नसक्ने, पात डढ्ने, पहेँलो र कमजोर हुनेहुँदा यसको समाधानका उपायको बारेमा स्थानीयलाई बताएको बताईन् । उनले यो समस्यालाई यो वर्ष नै समाधान नगरे अर्को बाली तथा अर्को वर्ष समेत समस्या सिर्जना गर्ने बताईन् ।

    यता किसानहरुले पनि मुख्य बाली धान खेतीगर्दा नै समस्या आउँदा जिविकोपार्जनमा समेत समस्या आएको बताएका थिए ।उनीहरुले सिचाँई तथा मलको उचित व्यवस्थापनमा स्थानीय सरकारले ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

    तिलोत्तमा नगरपालिका १६ मा भएको बालि उपचार शिविरबाट २ सय बढि किसानहरुले लाभ लिएको तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology