Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

ई- कमर्स कम्पनी किन्नि हाे प्रालिले पायो ISO 9001-2015 को मान्यता

ई- कमर्स कम्पनी किन्नि हाे प्रालिले पायो ISO 9001-2015 को मान्यता

  • 3.0K
    SHARES

  • ई- कमर्स कम्पनी किन्नि हाे प्रालिले पायो ISO 9001-2015 को मान्यता

    बुटवल,साउन २३ ।

    नेपालमा संचालित  ई-कमर्स कम्पनीहरु मध्ये किन्नी हो प्रा.लिले पहिलाेपटक ISO 9001-2015 को मान्यता पाएको छ। विभिन्न विश्वबिख्यात सामाग्रीहरु छिटो, छरितो र सुपथ मुल्यमा ग्राहक समक्ष पस्कँदै आएको किन्निहो ले केहिदिन अघि ISO 9001-2015 को मान्यता पाएको हाे।

    कम्पनीका फाउन्डर तथा सिइओ चिरञ्जीवी शर्मा आचार्य (चिरन)ले आफ्नो ग्राहकको गुणस्तरीय सेवालाइ  ध्यान दिएको  र  बजारका लागि आवश्यकताहरूको मूल्याङ्कन गरिएको नागरिक अनलाइनलाई बताए । उनले सन् २०२१ मा किन्नि  ई—कमर्स  सेवालाई   सुरु गरेको  र सेवा प्रवाहलाई प्रभावकारी बनाइएको बताए ।

    किन्नि हो इ कमर्समा हाल करीब १२ हजार प्रोडक्ट रहेको,मल्टी नेशनल ब्रान्डका ४० वटा  र १सय भन्दा बढी नेशनल ब्रान्ड रहेको शर्माले जानकारी दिए ।

    किन्नि हो ले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा र वस्तुहरू उपलब्ध गराउने प्रतिबद्धताका साथ आफ्नो सेवाको उडान लिएको अध्यक्ष शर्माले बताए । साथै कम्पनीले उत्पादनको गुणस्तरको सन्दर्भमा अन्तर्राष्ट्रिय मापदण्डसँग उभिन सक्षम हुने र फस्टाउने हरेक नयाँ उद्यमको लागि बेन्चमार्क बन्ने शर्माले विशवास लिएका छन् ।

    स्थापनाकाल देखि हालसम्म ५ सय + B2B ग्राहकहरू र सरकारी निकायहरूलाई सेवा प्रदान दिइ आइेरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology