बुटवल,साउन ७ ।
तिलोत्तमा उद्योग बाणिज्य संघ रूपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । असार १८ गते निर्वाचित नया नेतृत्वले आज एक समारोहका बिच पदस्थापन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले निजी क्षेत्रको सकारात्मक भुमिका रहनुपर्ने बताए ।
उनले नगरले निजिक्षेत्रसंग सहकार्य गरेरै अघि बढ्ने बताए । उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी माधवले नीजि क्षेत्रले स्थानीय सरकारलाई सफल बनाएको स्मरण गर्दै उनले निजी क्षेत्र कर तिर्न तयार रहेको बताए । उनले नगरपालिकाले आफूहरूलाइ हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।

सो अवसरमा सल्लाहकार पशुपति घिमिरे,निर्वाचन अधिकृत, कानुनी सल्लाहकार माधव घिमिरे, तिलोत्तमा नगरपालिका वडा न ५ का वडाध्यक्ष रमेश डुम्रे, सिद्धार्थनगर उवासंघमा कावा अध्यक्ष ठाकुरकुमार श्रेष्ठ ,बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,धुर्व धिताल,३६ मौजा सामुदायिक सिंचाइ प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेल, महासचिव राजकुमार पाण्डे लगायतले बोल्दै ब्यवसायिक वातावरण निर्माण गरिदिन आग्रह गरे । बिस २०७१ मा स्थापित भएको उद्योग बाणिज्य संघमा ६ सय ब्यवसायी आबद्ध छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)