Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध निर्वाचित,अन्य पदमा मतदान

प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध निर्वाचित,अन्य पदमा मतदान

  • 3.0K
    SHARES

  • प्रेस युनियनमा एक उपाध्यक्ष र ३ सचिव निर्विरोध निर्वाचित,अन्य पदमा मतदान

    बुटवल,साउन ७ ।

    नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित २० बढी केन्द्रीय सदस्य  निर्विरोध निर्वाचित भएका छन् ।

    समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् ।खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।

    आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।

    बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी,   सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट, काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।

    अध्यक्षसहित अन्य पदका लागि भने आज मतदान भैरहेको छ । अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा छ ।press union shiva and bindu.jpg

    वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी रहेका छन् भने महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेलले उम्मेदवारी दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology