Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रेस युनियनमै विरोध भएपछि उम्मेदवारको मनोनयन दस्तुर घटाइयो

प्रेस युनियनमै विरोध भएपछि उम्मेदवारको मनोनयन दस्तुर घटाइयो

  • 1.9K
    SHARES

  • प्रेस युनियनमै विरोध भएपछि उम्मेदवारको मनोनयन दस्तुर घटाइयो

    बुटवल,साउन ६ । 

    विराेधका कारण नेपाल प्रेस युनियनले निर्वाचनमा उम्मेदवार दर्ताको लागि तोकिएको शुल्क घटाएको छ । निर्वाचन समितिले निर्धारण गरेको शुल्क अस्वभाविक बढी भएको भन्दै उम्मेदवारहरुले विरोध गरेपछि मनोनयन दस्तुर घटाइएको छ ।

    अध्यक्षका उम्मेदवारका लागि २० हजार, अन्य पदाधिकारी सहित लेखा समिति संयोजकलाई १० हजार र सदस्यलाई पाँच हजार कायम गरिएको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।

    समितिले यसअघि सार्वजनिक गरेको शुल्कमा अध्यक्षका उम्मेदवारलाई ३० हजार, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि २५ हजार, उपाध्यक्ष ,उप महासचिव ,सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकलाई लाई २० हजार तोकिएको थियो ।

    लेखा समिति सदस्य र केन्द्रीय सदस्यका उम्मेदवारलाई पाँच हजार तोकिएको थियो । उम्मेदवार दरखास्तका लागि बेलुकी ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए । मतदान शनिबारका लागि तय गरिएको छ ।

    कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको आठ वर्षपछि महाधिवेशन भइरहेको छ । ९ औं महाधिवेशन हेटौंडामा शुक्रबार देखि सुरु भएको छ ।

    निर्वाचनमा कांग्रेसको संस्थापन पक्षबाट अनिता विन्दू र इतरबाट शिव लम्सालले प्यानल बनाई प्रतिस्पर्धा गर्न लागेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology