बुटवल,साउन ६।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि मकवानपुरकोे हेटाैँडामा सुरु हुँदैछ ।नवौँ राष्ट्रिय महाधिवेशनकोे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सातवटै प्रदेश समितिका प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने भएको छ ।
महाधिवेशनबाट युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)