बुटवल,असार ३१ ।
रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २१/२२ का अध्यक्ष नबिन आर्यालले वर्ष २०२२/०२३का अध्यक्ष माधव पराजुलीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बर्ष २१/२२ का अध्यक्ष नबिन अर्याल ले बर्ष भरि सामाजिक काममा लाग्नुहुने क्लबलाइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
रोट्र्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहिको आफ्नो सातौँ पद हस्तान्तरण कार्यक्रममा बिगत देखी प्रदान गर्दै आइरहेको मायाको चिनाे कार्यक्रमलाई स्थगित गरि सो कार्यक्रममा उपस्थित सम्पूर्ण रोटरी/रोट्रयाक्ट हरुको तर्फ देखीमायाको चिनाे को रूपमा महाबिर पुन नेतृत्वको सामाजिक संस्था “राष्ट्रिय आबिष्कार केन्द्र” लाई रु. १५ हजार प्रदान गरेको अध्यक्ष नबिन अर्यालले बताउनु भयो ।
सामाजिक कार्यको शुरुवातमा साथ दिनुहुने सम्पूर्ण रोटरी/ रोट्रयाक्ट प्रति बिशेष आभार ब्यक्त गर्नु भयो । क्लबले यो वर्ष भरि गरिने निर्देशीका अनुसार कामहरु सम्पन्न गरेको बताउनुभयो ।
कोभिड १९को कारण केहि कामहरु गर्न छुटेको बताउदै आगमी बर्षयसलाइ निरन्तरता दिदै जानु पर्ने बताउनु भयो वर्ष २२/२३ का अध्यक्ष माधव पराजुली विगत देखि नै सामाजिक क्षेत्रमा निरन्तर कामहरु गदै आएको बताउदै पहिला वर्ष बाकि रहेका केहि कामहरुलाइ निरन्तरता दिदै अगामी बर्ष पनि क्ललाइ थप उचाइमा पुराउने गरि लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ले रोट्रयाक्ट क्लवहरुले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । क्लबले बिगतदेखि नै सामाजिक क्षेत्रमा अनाथ, असाय ,अपाङ्गता भएकाहरुको निम्ती महत्वपूर्ण कामहरु गदै आएको मा खुसि व्यत गर्नुभयो । आगामी दिनमा क्लबलाइ अगाडी बढाउन लागु आैषाध बिरुद्ध क्लबहरुले जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गदै जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ठ अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डि आर आर लक्ष्मण खरेल , मोहन न्यौपाने राजेंद्र ढ़काल, बिष्णु भण्डारी,सनराइज़ बैंक प्रदेश ५ प्रमुख सुनील मंडल सिद्धबाबा हॉस्पिटल का प्रसासकिय प्रमुख प्रकाश न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम बर्ष २१/२२ अध्यक्ष नबिन अर्याल र २२/२३ का अध्यक्ष माधव पराजुली को संयुत अध्ययता तथा , प्रकाश पौडेल र मोहन खत्री संयुत सन्चालनमा सम्पन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)