Logo बिहिवार, आश्विन १ गते २०८३
images

सपना पूरा गर्न संघर्ष गर्दै महिला उद्यमी

सपना पूरा गर्न संघर्ष गर्दै महिला उद्यमी

रुपन्देहीका ९ हजार घरेलु उद्योगमध्ये झण्डै दुई हजार महिलाले संचालन गर्छन्

  • 4.0K
    SHARES

  • सपना पूरा गर्न संघर्ष गर्दै  महिला उद्यमी

    बुटवल,असार ३१ ।

    फेसन डिजाइनमा रमाइरहेकी बुटवलकी सक्रिय उद्यमी हुन् अनुपमा श्रेष्ठ  । डिजाइनमा सानैदेखि उनको रुची थियो । बुटवल ११ देवीनगरकी श्रेष्ठले करिब ३ लाख लगानीमा बुटवलको अमरपथमा  बिस २०६८ माघ ५ गतेदेखि साज वुटिक चलाएकी छन्  । उनले शुरुमा ३ मेसिन जसमा १ इन्टरलक,१ पिको ,१ जना मास्टर ,१ जना कालिगढ र आफू एउटा सटर लिएर काम थालेको स्मरण गर्छिन् ।

    उनले फेसन डिजाइनर्सको कोर्ष पूरा गरेपछि बुटवलको अमरपथमा साज बुटिक शुरु गरिन् । उनी भन्छिन्—‘मनमा अनेकौं शंका थियो , कष्टमर आउंछन् होलाकी नाई ,उनीहरुको रुची र  चाहाना अनुसार काम गर्न सक्छु सक्दिन होला ।’शुरुवाती प्रश्न उनका मनमा खेलिरहन्थे ।

    मासिक ९ हजार सटर भाडा तिरेर आंट गरेर ब्यबसाय थालेकी श्रेष्ठ अहिले नाम गनिने गरि स्थापित भएकी छन् । उनले अहिलेको समयभन्दा शुरुवाती समय निकै असहज र कठिनपूर्ण रहेको सुनाउछिन् । ‘सुरूमा महिनाको २२- २३ हजार आम्दानी हुन्थ्यो,बुटिक तिर खासै आकषर्ण कसैको थिएन ,अनि अलि महंगो पनि ,एक महिला भएर काम गर्न झन् गाह्रो थियो ।’
    उनले हिम्मत हारिनन् काम गर्दै जादा ४०-५० जना रेगुलर कष्टमर बनाइन् ।

    कामको चाप बढेसंगै महिलाका कामदारको संख्या बढाएंर ४ वर्ष यसरी नै काम गरेको उनको अनुभब छ । विभिन्न किसिमका फेसन सोमा आफुपनि सहभागि हुने र आफैले डिजाइन गरेका सम्पूर्ण कपडाको प्रदर्शन समेत गरेर उनले ब्यापार बिस्तार गरिन् ।उनले बिस्तारै १० जना कालिगढ सहित २ कोठामा आफ्नो व्यवसाय बिस्तार गरेको सुनाउछिन् ।

    बिजनेश चलिरहेकै बेला विश्वभर कोरोना भाइरसको त्रास सुरु भयो उनको ब्यबसाय पनि चपेटामा पर्यो । ‘व्यवसाय राम्रो हुदै गइरहेको थियो यत्तिकैमा कोभिडको हल्ला चल्यो , पहिलो  कोभिडको भेरियन्टले केहि समय ठप्प प्राय भयो ,ब्यापार चलाउन सकिएन,घरमै बसेर पनि काम गरें । ’ लकडाउनको १ महिना काम नगरेपनी कामदारलाई ज्यालामा राखेर उनले काम चलाइन् ।
    ‘संक्रमितको संख्या वृद्धि हुदै गयो ,काम हुने कुरै भएन । काम नभएपछि कामदार आ आफ्नो घर फर्किए । काम नहुनु , सटर भाडा तिर्नुपर्ने अनेक चुनौति र समस्या थिए ।’तनावमै ब्यबसाय धान्नुपर्यो । ‘कोरोनापछि ब्यापारमा कमि आयो । जम्मा ३÷४ जना कालिगढमा सिमित भए । पहिला १० जनालाई पुग्ने काम ४ जनालाई मात्र हुन थाल्यो । फेरि दोस्रो लकडाउन भयो ।’ उनले गुनासो सुनाइन् ।

    दोश्रो लकडाउन कोरोनाकालमा उनले विदेशबाट कपडाकोे अर्डर आएकाले डिनाइन गरेका कपडा कुरियर मार्फत् बिदेश पठाएर ब्यबसाय जोगाइन् । अहिले उनले अहिले फेसन डिजाइन तिर धेरै महिलाको आकर्षण बढेकोका कारण सहज भएको बताउछिन् । ‘फेसन डिजाइन पढ्नेको संख्यामा बृद्धि भएको छ,। बुटिक व्यवसाय पनि धेरै जनाले गर्नुभएकोे छ यसप्रति सकारात्मक धाराणाको विकास भएको छ । पहिला पहिला नपढेकाले ,गर्ने भन्ने बुझाइ थियो अहिले सोचाईमा परिवर्तन आएको छ । ’उनले भनिन् ।
    अहिले बजारमा प्रतिष्प्रर्धा पनि उत्तिकै रहेको उनको भनाइ छ । अनुपमा बुटवल लेडिज जेसिजको वर्तमान अध्यक्ष , रूरू मिलन केन्द्र नेपालको सचिव र नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ रूपन्देहीको सचिव समेत हुन्  । उनी सामाजिक सेवामा निकै रुचि रहेको  बताउछिन् । 

    श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् यस्तै समस्या छिचोलेर ब्यबसायी धानिरहेकी अर्की महिला हुन् धनु गुरूङ । ‘राम्रो हुन कसलाई मन लाग्दैन र ? मलाई मेकअप रूचि थियो , यसैलाई निरन्तरता दिन मैले ब्युटिसियनको तालिम लिएं र काम थालें ।’बुटवल १३ की धनु गुरूङले सुनाइन् ।

    शुरुशुरुमा नपढेकाले गर्ने पेशा हो भनेर मलाइ निरुत्साहित गरियो तर मेरो रुची भएकाले गरेरै छाडें ,उनले अरुको कुरा नसुनेरै तालिम लिइन् । उनीपनि आफ्नै बहिनीलाइ तालिममा सहभागि बनाएर बुटवलको अमर पथमा २०७२ मा एशियन ब्युटी जोन खोलिन् । 
    ‘केहि समय प्रोडक्ट चिह्न र ग्राहक संग घुलमिल हुनर  त्यहाको कष्टमर बनाउनै लाग्यो  । १ वर्ष पछि व्यवसाय वृद्धि हुँदै जादा २ जना स्टाफ थपे,अहिले ९ जना स्टाफ छन् ।’ आफु छाडेर ९ जना स्टाफलाई पनि रोजगारी दिनु चानेचुने कुरा थिएन उनले भनिन्‘ यसैबिचमा कोभिड माहामारी नेपालमा पनि देखा पर्याे ,र लकडाउन भयो ,हाम्रो काम  कष्टमर संग छोइएर गर्नुपर्ने भएकाले झनै जोखिम बढेकाले काम रोकियो ।’

    लकडाउनमा स्टाफलाई अलि अलि सहयोग गरेको उनको भनाइ छ । पहिलाको कामको  फाईदा लकडाउनमा स्टाफ र भाडा बुझाउदा ठिक्क भएको उनले बताइन् । उनको ब्यबसायलाइ लकडाउन खुले पनि नखोल्न सरकारको आदेश थियो । पार्लर नखोल्न निर्देशन भएकोले उनको काममा ठुलो धक्का पगेको उनको गुनासो छ ।

    दोस्रो लकडाउनमा सटर भाडामा १ महिना मात्र छुट भएको उनले सुनाइन् । उनले केहि समय ऋण खोजेर ब्यबसाय धानेको सुनाइन् । उनले अगाडी सुनाइन् —‘अहिले त लकडाउन  खुले संगै बिस्तारै ग्राहक आउने संख्या बढेको छ ,अहिले सन्तोषजनक छ ,अहिले ५ जना स्टाफ राखेकी छु ।’ पहिला भन्दा अहिले हाम्रो कामका हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकोमा खुसी लोगेको उनको अनुभव छ ।
    उनी भन्छिन् ‘मलाई मेरो पेशाप्रती गर्व छ ,किनकि अहिले ब्युटि सम्बन्धि विज्ञको खोजी बढ्दैछ,सबैलाइ राम्रो देखिने शोख छ ।’
    धनु उनी तमु ह्युल छाेंजधी गुरूङ राष्ट्रिय परिषद भातृ संगठन नेपाल  तमु विद्यार्थी छोजदि  जिल्ला समिति रूपन्देहीको पुर्व अध्यक्ष  एवम् केन्द्रीय प्रचार सचिव हुन् भने तिलोत्ममा लायन्स क्लब अफ तिलोत्तमा पारदर्शी प्रथम उपाध्यक्ष रही सामाजिक क्षेत्रमा पनि काम गरेको उनको अनुभव छ । यस्तै महिला उद्यमीमा उत्कृष्ट बनेकी  तिलोत्तमाकी मन्जु भुसालले अरु महिलालाइ उर्जा दिएकी छन् ।

    नवदुर्गा फुड इन्डस्ट्रिजका सञ्चालक मन्जु भुसाल तिलोत्तमाबाट एक लाख रुपियँ नगदसहित पुरस्कृत भएकी थिइन्  । खुला प्रतिस्पर्धामा सहभागी १२५ मध्ये भुसाल सर्वाेत्कृत उद्यमीका रूपमा पुरस्कृत भएकी थिइन् । उद्यमी भुसालले ड्राई चाउमिन, सफ्ट चाउमिन तथा चिकेन, भेज, फ्रोजन मम उत्पादन गर्दै आएकी छन् । ‘निरन्तर मेहनत र लगावबाट सफल बन्न सकिन्छ ,मैले लकडाउनका बेला पनि उद्योगलाइ डुब्न नदिनका लागि निरन्तर काम गरें ।’ उनले सुनाइन् ।  

    स्थानीय सरकारले महिला उद्यमीलाइ सम्बोधन गर्न नसकेको उद्यमीहरुको गुनासो छ ।उनीहरुका उत्पादनले बजारमा राम्रो स्थान पांउदा सरकारले भने आफुहरुलाइ नचिनेको उनीहरुको गुनासो छ ।

    महिलाको सीप र क्षमता बढाउने नगरपालिकाको नीति :

    nag panchami.jpg

    यता स्थानीय सरकार बुटवल उपमहाजगरका प्रमुख खेलराज पाण्डेले आफुहरुले दिदिबहिनीको सीप र क्षमता बढाउने नीति लिएको बताउछन् ।

    युवाहरुलाइ ब्यबसायीक तथा उद्यमी बन्न प्रेरित गर्ने, लघु उद्यमको बिकास र प्रवद्र्धन गरि गरिबी निबारणमा सहयोग पुर्याउने,सीप बिकास र उद्यम बिकासका लागि तालिम चलाउने ,युवा,गृहणी महिलालाइ स्वरोजगार एवं उद्यमी बनाउने योजना रहेको उनले बताए ।

    महिलाले चलाएको उद्यमको प्रवद्र्धन गर्न नीति नै बनाएर काम शुरु गरेको र सीपमुलक क्षेत्रमा तालिम नै चलाएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालको भनाइ छ । महिलाहरुलाइ जहिलेपनि पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    रुपन्देहीका ९ हजार घरेलु उद्योगमध्ये झण्डै दुई हजार महिलाले चलाउँछन् :

    रुपन्देहीमा दर्ता भएका करिब ९ हजार घरेलु उद्योगमध्ये झण्डै दुई हजार उद्योग महिलाले संचालन गरेका छन् ।  घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार मैनबत्ती, अगरबत्ती, भुजा उद्योग, मसला, सिलाई, ब्युटीपार्लर, बुटिक, कडाई उद्योग महिलाले सञ्चालन गरिरहेका छन् ।

    पछिल्लो पटक महिलाले चलाउने उद्योगको संख्या बढ्दै गएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूको भनाइ छ । ‘महिलाले चलाएका उद्योग राम्रै फाइदामा पनि छन् ,उनीहरु पुरुषभन्दा इमान्दार र लगनशील भई उद्योगमा ध्यान दिन्छन् ।’ उनले भने । सरकारले उर्जा संकट अन्त्य गर्ने र उद्योगमैत्री वातावरण बनाउने हो भने मुलुकमा निर्यातजन्य सामानको उत्पादन बढ्ने र आर्थिक समृद्धिको यात्राअघि बढ्ने उनको भनाई छ ।

    नेपालमात्र होइन विश्वभर नै कोरोना माहामारीको प्रभावका कारण सबैका उद्यम बन्द हुने अवस्थामा पुर्याएपनि केहि उद्यमीका कार्यकौशलता र सहि ब्यबस्थापनका कारण बन्न नहुनु सकारात्मक सन्देश हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology