बुटवल,असार २९ ।
धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई लुम्बिनी प्रदेश स्तरिय सहकारी बनाउने तयारी गरिएको छ ।
बुटवलमा मुख्य कार्यालय रहेको सहकारीको २३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई लुम्बिनी प्रदेश स्तारमा पुराउनु पर्नेमा जोड दिएका थिए ।
बहुउद्देश्यीय सहकारी भएकोले सहकारीलाई समाज रुपान्तरण , गरिवी निवारण र रोजगार प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।
मंगलवार सहकारी भवनको संस्थाका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक एवम् तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो ।उहाले सहकारी समाज रुपान्तरणको मेरुदण्ड भएको बताउनुभयो ।
सहकारीका अध्यक्ष गाेबिन्द खनालले सहकारीले आफ्ना शाखा विस्तारको साथै सेवाहरुलाई पनि विस्तार गर्ने बताए । सहकारीको सेवालाई थप प्रभावकारी , जनमुखी र समाजप्रति उत्तरदायि बनाउने योजना रहेकाे सुनाए । सो अवसरमा वडा नम्बर ८का वडा अध्यक्ष यज्ञ पंगेनी , दङ्गा प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्की , पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगाएतको मन्तव्य रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)