Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात,३ हजार बाेरा तानसेन सिमेन्ट पठाइयो

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात,३ हजार बाेरा तानसेन सिमेन्ट पठाइयो

  • 6.9K
    SHARES

  • नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात,३ हजार बाेरा तानसेन सिमेन्ट पठाइयो

    बुटवल,असार २४।

    नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात शुरु भएको छ ।पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार बर्षमै आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गरेको हो । शुक्रबार एक समारोहका बिच पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडले तानसेन सिमेन्ट भारततर्फ निकासी शुभारम्भ गरेको हो ।

    अहिलेको बजेट मार्फत् नेपाल सरकारले वनाएको वातावरणलाई सदुपयोग गर्दै सिमेन्ट भारततर्फ निकासी शुरु गरेको पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाले बताउनुभयो  । 

    नेपाल सिमेन्टमा आत्मनिर्भर बनेपछि सिमेन्ट भारत जान लागेपछि उद्योगी खुसी देखिएका छन् । भारत तर्फको निकासीले आर्थिक गतिविधिलाई थप चलायमान गराउने अनुमान गरिएको छ ।

    त्यस्तै नेपाल आयत गर्ने देशको सुचीमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारत तर्फ पनि निर्यात गर्नु ठुलो उपलब्धी भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल बताउनुहुन्छ ।

    tansen cement  udyog.jpg

    पाल्पा सिमेन्ट इन्डष्ट्रीजद्धारा उत्पादीत तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको भनाइ छ ।नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरु संचालमा रहेका छन् ।

    जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ ।अहिले सिमेन्ट निर्यात गर्नसके १५ प्रतिशत व्यापारघाटा कम हुने सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालको भनाइ छ ।

    भारतीय बजारमा ओपीसीभन्दा पीपीसी सिमेन्ट बढी चल्ने र माग हुने उहाको भनाइ छ । पाल्पा माथागढी ७ रहबासमा  आफुहरुको आफ्नै चुनढुंगा खानी रहेको जानकारी दिनुभयो ।

    उहांले प्रर्याप्त बिद्युत,कच्चा पदार्थ दक्ष प्राविधिकको अभाव,अल्पकालीन नीति नियम,आर्थिक समस्या ,अप्रत्यक्ष कर र रोयल्टीका कारण समस्या भैरहेको गुनासो सुनाउनुभयो ।

    पाल्पा सिमेन्ट इन्डष्ट्रीजले दैनिक १ हजार ८ सय टन क्लिकर र करिब ३ हजार टन सिमेन्ट (जडित क्षमता का आधारमा ) उत्पादन गर्दै रहेको छ । शुक्रबार नेपाली बजारमा तानेसेन सिमेन्ट ४६५ रुपैंया र ५६५ रुपैंया रहेको छ ।

    tansen cement  (6).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology