Logo शनिवार, कार्तिक ८ गते २०८३
images

एकता सहकारीको नवनिर्मित भवन उद्घाटन

एकता सहकारीको नवनिर्मित भवन उद्घाटन

  • 1.4K
    SHARES

  • एकता सहकारीको नवनिर्मित भवन उद्घाटन

    बुटवल,असार २२ ।

    एकता बचत तथा ऋण सहकारी संस्था बुटवलको नवनिर्मित भवन उद्घाटन गरिएको छ । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीको बुटवल उपमहानगरपालिका वडा नं. ६ बुद्धपथमा निर्माण गरिएको भवन बुधबार एक कार्यक्रमका बिच संस्थाकी अध्यक्ष सावित्रा टण्डनले उद्घाटन गर्नुभएको हो ।

    त्यस अवसरमा बोल्दै भवन निर्माणमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । सहकारीमा शेयर सदस्यहरुको बृहत्तर हितका लागि संस्थाले काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोही अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त  गर्नुभयो ।

    २०७७ सालको मंसिरमा तत्कालिन अध्यक्ष सुक्रप्रसाद बस्यालले भवनको शिलान्यास गर्नुभएको थियो । भवन शिलान्यास भएको करिव डेढ वर्षमा निर्माण सम्पन्न भएको निर्माण समितिका संयोजक रमेश पाण्डेले बताउनु भयो । दुई तले उक्त भवन करिव ८० लाख रुपैंया लागतमा निर्माण सम्पन्न भएको संस्थाका कोषाध्यक्ष वालकृष्ण खरेलले जानकारी गराउनु भयो ।

    नवनिर्मित भवन उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजनप्रसाद पोखरेल, सल्लाहकार बुद्धिप्रसाद शर्मा, पूर्व सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष लोकहरी पाण्डे, शेयर सदस्य लालप्रसाद श्रेष्ठ लगायतले भनाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद पौडेलको सञ्चालनमा भएको थियो ।

    उक्त एकता सहकारीमा अघिल्लो वर्ष मात्रै बुटवलका अन्य दुई विशाल र प्रतिक सहकारी मर्जर भएका थिए । हाल उक्त सहकारीको शेयर सदस्य संख्या २ हजार १ सय बढी छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology