बुटवल,असार १३ ।
विदेशमा रहेको युवाहरूको सञ्जालले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं २ पिपलधाराका विदेशमा रोजगारीमा रहेका युवा द्वारा सञ्चालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जालले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेकी प्रतिमा थापालाई आर्थिक सहयोग गरेको छ ।
गुल्मीले धुर्कोट गाउँपालिका वडा नं–२ पिपलधारा साबिकको वडा नं–५ माझार निवासी रामबहादुर थापाकी छोरी प्रतीमा थापाको मिर्गौला प्रत्यारोपणको लागि ३० दिने ‘प्रतिमा बचाउ अभियान’ सञ्चालन गरी मिर्गौला रोग पीडितलाई पाँच लाख पाँच सय पचपन्न रुपियाँ सहयोग गरेको हो ।
उनका दुवै मिर्गौला खराब भई लामो समय देखि काठमाण्डौंमा डाइलेसिस गराइ रहेकी छन् । आर्थिक रकम हस्तरणमा सल्लाहकार र पदाधिकारीहरु कमल जी।सी, रबिन महत,कमल जीसी।,प्रकाश थापा लगायतले एक कार्यक्रम मार्फत चेक हस्तान्तरण गरेका थिए ।
यस अधि संस्थाले आगलागी पीडित,भूकम्प पिंडित र शिक्षा,स्वास्थ्य क्षेत्र आदि लाई सहयोग गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)