Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोलियम पदार्थको मूल्य : डिजेलमा २९ र पेट्रोलमा २० रुपियाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य : डिजेलमा २९ र पेट्रोलमा २० रुपियाँले घट्यो

  • 2.0K
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य :  डिजेलमा २९ र पेट्रोलमा २० रुपियाँले घट्यो

    बुटवल,असार ११ ।

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी दिनुभएको हो ।

    उद्योगमन्त्री बडूले डिजेलमा २९ रुपियाँ, पेट्रोलमा २० रुपियाँ कर कटौती गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपियाँ पर्नेछ ।

    यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो ।

    नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपियाँमा कारोबार भइरहेको छ ।

    सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हेनगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology