बुटवल,असार ११ ।
बुटवल मण्डपको नाम फेरेर ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ राख्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव फिर्ता लिन नेकपा एमालेले बुटवले माग गरेको छ ।
उपमहानगरको बुधबार बसेको एघारौं अधिवेशनमा मेयर खेलराज पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला बुटवल मण्डप राख्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए ।
नेकपा एमाले बुटवल नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्ताव फिर्ता लिएर पुर्ववत नाम कायम नगरे पार्टीले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने चेतावनी दिएको छ ।
नगर अध्यक्ष किसन ज्ञवालीले जारी गरेको विज्ञप्तिमा बुटवल मण्डपको नाम फेर्ने प्रस्ताव व्यक्तिवादी र आत्मकेन्द्रित रहेको भन्दै यसले सहकार्य र सहअस्तित्वको संस्कृतिलाई धुमिल पार्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा बुटवल मण्डप राष्ट्रिय गौरवको धरोहर भएको र कुनै पार्टीको प्रतिष्ठान नभएको उल्लेख छ । बुटवल मण्डपलाई देशकै प्रमुख आयोजनामा सूचिकृत गर्न, गुरुयोजनादेखि टेण्डर र निर्माण चरणसम्म रुपन्देही २ का सांसद विष्णु पौडेलको योगदान रहेको दावी गरिएको छ ।
हेर्नुहोस् एमालेको विज्ञप्ति :

यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)