Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल नगरले स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने

बुटवल नगरले स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने

  • 2.4K
    SHARES

  • बुटवल नगरले स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने

    बुटवल,असार ८ ।

    बुटवल उपमहानगरपालिकाले  स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । नगरका पूर्व मेयर समेत रहेका कांग्रेस नेता प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना गरिने आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको हो । 

    बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेयले त्यसबाहेक वन, वातावरणको प्रवद्र्धन पत्रकारिता पुरस्कार, ज्येष्ठ पत्रकार सम्मान पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरिने र पत्रकारिता, अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पहल गरिने समेत घोषणा गरे ।butwan nagarpalika.jpg

    उनले ल्याएकाे नीतिमा सूचना सञ्चार तर्फ  भने संचार नीति तर्जुमा गरी लागू गरिने,मिडिया हाउस संचालन गर्न सहयोग गरिने ,पत्रकार प्रोत्साहन उपकरण खरिदमा निश्चित प्रतिशत रकम अनुदान उपलब्ध गराइने र पत्रकार स्वास्थ्य वीमा कार्यक्रम संचालन गरिने उल्लेख छ ।

    नीतिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सेवा संचालनलाई व्यवस्थित गरिने,आन्तरिक नेटवर्क व्यवस्थापन गरिने,CC camera बाट Real Time Surveillance गरिने र विद्युतीय सुशासन कायम गर्नका लागि नीति निर्माण गरी कार्यान्वयन गरिने भनिएको छ । यस्तै पालिकाबाट प्रदान गरिने सेवाहरुलाई सूचना तथा संचार प्रविधिको माध्यमबाट प्रदान गर्न कार्य योजना बनाईने उल्लेख छ । butwal nagar sava  khelraj pandey.jpg

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology