Logo बिहिवार, आश्विन १ गते २०८३
images

अबदेखि बुटवल मण्डपको नाम ‘गिरिजा प्रसाद कोईराला बुटवल मण्डप’ हुने

अबदेखि बुटवल मण्डपको नाम ‘गिरिजा प्रसाद कोईराला बुटवल मण्डप’ हुने

  • 3.6K
    SHARES

  • अबदेखि बुटवल मण्डपको नाम ‘गिरिजा प्रसाद कोईराला बुटवल मण्डप’ हुने

    बुटवल,असार ८ ।

    बुटवल मण्डपको नाम अबदेखि गिरिजा प्रसाद कोईराला बुटवल मण्डप हुने भएको छ।

    बुटवल उपमहानगरपालिकाको ११ औं नगरसभामा नगर प्रमुख खेलराज पाणडेयद्वारा प्रस्तुत नगरको निती तथा कार्यक्रममा बुटवल मण्डपको नाम अबदेखि गिरिजा प्रसाद कोईराला बुटवल मण्डप बनाइने उल्लेख छ। 

    बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरीजा प्रसाद कोईरालाको महत्वपुर्ण भुमिका रहेको  र बुटवलका तत्कालिन मेयर स्व सूर्यप्रसाद प्रधानको महत्वपुर्ण भुमिका स्मरण गर्दैले बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोईराला बुटवल मण्डप राखिने छ उनले बताए ।

    त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता बिशेश्वर प्रसाद कोईराला र बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख सूर्य प्रसाद प्रधानको प्रतिमा सहितको पार्क निर्माण गरिने निती तथा कार्यक्रममा समावेश छ।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology