Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पेट्रोलियम पदार्थमा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न डा.शेखर कोइरालाको सुझाव

पेट्रोलियम पदार्थमा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न डा.शेखर कोइरालाको सुझाव

  • 1.9K
    SHARES

  • पेट्रोलियम पदार्थमा प्रति लिटर २६.६२ रुपैयाँ कर कटौती गर्न डा.शेखर कोइरालाको सुझाव

    बुटवल,असार १० ।

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिने निर्णय गर्न उनले सुझाएका हुन् ।

    यस्तो व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटासम्म कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

    कोइरालाले ट्विट गर्दै भनेका छन्,-‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology