Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आर्थिक वर्ष ०७९/८० को बजेट : कृषि र पर्यटन प्राथमिकतामा राखेर सातै प्रदेशले आज ल्याउँदै

आर्थिक वर्ष ०७९/८० को बजेट : कृषि र पर्यटन प्राथमिकतामा राखेर सातै प्रदेशले आज ल्याउँदै

  • 1.8K
    SHARES

  • आर्थिक वर्ष ०७९/८० को बजेट : कृषि र पर्यटन प्राथमिकतामा राखेर सातै प्रदेशले आज ल्याउँदै

    बुटवल,असार १। 

    मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९-८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।  संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

    प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ ।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology