बुटवल,जेठ ३० ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदर्शनी तथा टी टेस्टिङ असार ३ र ४ गते हुने छ ।
‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)