Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा नाडा लुम्बिनीको सचिवालय उद्घाटन 

बुटवलमा नाडा लुम्बिनीको सचिवालय उद्घाटन 

  • 2.9K
    SHARES

  • बुटवलमा नाडा लुम्बिनीको सचिवालय उद्घाटन 

    बुटवल, २७ जेठ ।
    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनी प्रदेशको सचिवालय समुद्घाटन गरिएको छ।

    नाडा अटोमोबाईल्स एशोसियसन अफ नेपाल काठमाण्डौ अध्यक्ष ध्रुव बहादुर थापाले एक समारोहका बिच समुद्घाटन गर्दै ब्यवसायीहरु संस्थागत एकतावद्घ भएर लाग्न सुझाव दिए। अटोमोबाईल ब्यवसाय सुस्ताएको अवस्था रहेको उनले बताए। थुप्रै नेपाली युवाहरुलाइ स्वदेशमा रोजगार सृजना गरेको ब्यवसायप्रति सरकार उदासिन भएको उनले गुनासो गरे।

    बिलासितामात्र नभई आधारभुत आवश्यकताको रुपमा अटोमोबाईललाई सरकारले राख्नु सकारात्मक भएको उनले दाबी गरे। सरकारको बजेटमा पुर्वाधार विकासका रुपमा सडक प्राथमिकतामा राखिनुपर्ने बताए। कार्यालय स्थापना गर्दा केन्द्रबाट समेत ५ लाख रुपैयाका साथै आवश्यकता तालिम र विकासका सहयोग गर्ने बताए। सामाजिक क्षेत्रको योगदानमा काम गर्ने शाखाहरुलाई वार्षिक २ लाख रुपैया सहयोग गर्ने उनले प्रतिवद्घता जनाए।

    कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, काकास अनुप कुमार बराल, गोपाल भट्टराईले सफल कार्यकालको शुभकामना दिए। 
    कार्यक्रममा नाडाका अध्यक्ष गणेश प्रसाद भट्टराईले केन्द्रको पहलमा प्रदेश स्थापना गरिएको बताए। अटो ब्यवसायीहरुको मुल मुद्घालाई केन्द्रमा राखेर संस्थागत विकासको लागि केन्द्रसंग समन्वय गरि अगाडि बढ्ने उनले प्रतिवद्घता जनाए।

    यसैगरि नाडा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, महासचिव रोशन पाण्डे, कार्यक्रमका संयोजकहरु तिलक राम पाण्डे, प्रवेश कुमार भट्टराईले खुला सिमाना र बिना दर्ता झोले ब्यवसायी मुख्य समस्याका रुपमा रहेको बताए। प्रदेशका १२ जिल्लाका १ सय ५ जना ब्यवसायी आवद्ध छन।

    मालबाहक तथा सवारी आयातकर्ता, अटो स्पेयरपार्टका आयातकर्ता, अटोपार्टका ब्यापारी गरि ३ किसिमका सदस्यहरु छन। यसैबिच शुक्रबार केन्द्रीय र प्रदेश समितिका पदाधिकारी, सदस्यका बिचमा छलफल कार्यक्रम राखिएको छ भने ब्यवासयीहरुलाई एकदिने भन्सार, भिसिटिएस र कर सम्बन्धि तालिम समेत गरिदै छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology