Logo बिहिवार, आश्विन १ गते २०८३
images

२७औं स्थापना दिवसमा शान्ति समाजद्वारा बुटवल र सैनामैनामा खाद्यान्न-शैक्षिक सामाग्री हस्तान्तरण

२७औं स्थापना दिवसमा शान्ति समाजद्वारा बुटवल र सैनामैनामा खाद्यान्न-शैक्षिक सामाग्री हस्तान्तरण

  • 2.8K
    SHARES

  • २७औं स्थापना दिवसमा शान्ति समाजद्वारा बुटवल र सैनामैनामा खाद्यान्न-शैक्षिक सामाग्री हस्तान्तरण

    बुटवल,जेठ १९।

    मानवअधिकार तथा शान्ति समाजको २७औं स्थापना दिवसका अवसरमा बुटवलमा र सैनामैनामा जिल्ला शाखा रुपन्देहीले दुइवटा कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवल– ११ देविनगरस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न प्रदान गरेको छ  । समाजका रुपन्देही सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सभापति गोबिन्द खनालले फरक क्षमता भएकाहरुलाइ राज्यले नै जिम्मा लिनुपर्ने बताए । उनले पालन पोषण र संरक्षणको दायित्व निर्बाह गर्न स्थानीय तहका सरकारलाइ आग्रह गरे ।rahat.jpg

    सो अवसरमा कार्यक्रम संयोजक खिमलाल भट्टराइ कृष्ण,आश्रममा अध्यक्ष डोलबहादुर रामदाम,शान्ति समाजका रुपन्देही सचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

    कार्यक्रममा समाजका सहसचिव कृष्ण पाण्डे,कोषाध्यक्ष धना खनाल,सदस्य कमला अधिकारी लगायतको सहभागिता रहेको थियो ।त्यस्तै सैनामैना नगरपालिका –८ रामापुर स्थित सुस्त मनस्थिति बिधालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको हो ।3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology