Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

निगमका निर्देशक थानी र मेयर खाणद्वारा भलवारी डिपोमा आगलागीले पुर्‍याएको क्षतीको निरीक्षण

निगमका निर्देशक थानी र मेयर खाणद्वारा भलवारी डिपोमा आगलागीले पुर्‍याएको क्षतीको निरीक्षण

  • 2.2K
    SHARES

  • निगमका निर्देशक थानी र मेयर खाणद्वारा भलवारी डिपोमा आगलागीले पुर्‍याएको क्षतीको निरीक्षण

    बुटवल,जेठ १४ ।

    नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी र तिलाेत्तमाका मेयर रामकृष्ण खाणले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन्।

    शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा भएको आगलागीले क्षति पुर्‍याएपछि यसबारे निगमका तर्फबाट थानीले अवलोकन गरेका हुन्।

    रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा हिजाे आगलागी भएको थियो।  प्रबन्ध निर्देशक थानी र मेयर खाणले आगामी दिनमा हुने यस्तो प्रकारका आगलागी घटना हुन नदिन अत्यावश्यकीय सामग्रीको थप व्यवस्था गर्ने बताएका छन्।

    शुक्रबार बिहान डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology