Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल वडा न १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत बिजयी

बुटवल वडा न १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत बिजयी

  • 10.4K
    SHARES

  • बुटवल वडा न १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत बिजयी

    बुटवल,बैसाख ३१ ।

    बुटवल उपमहानगरको वडा न १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत ६३६ मतसहित बिजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनावी लडेका थिए । ४ सदस्यहरुमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । 

    महिला सदस्य निलम गाैतम, दलित महिला सदस्य प्रेमशीला धाेवी,अशाेक राइ र आदिल अहमद खाँन बिजयी भएका हुन् । 

    एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल  र कांग्रेसबाट अध्यक्षको दाैडमा रहेका माधब प्रधानलाई पराजित गर्दै बस्नेतले जीत निकालेका हुन् । उनलाई कांग्रेसले केहि दिन अघि मात्रै कारबाही गरेको थियो । 

    एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेस उम्मेदवार माधब प्रधानले  ३४९ मत पाएको निर्वाचन अधिकृत खेदनाप पाैडेलले नागरिक अनलाइनलाइ जानकारी दिए । बुटवल वडा न १ मा १९६८ मत खसेको थियो । अहिले बुटवलमा बिजयी रयाली निकालिएको छ ।

    bijayi julus .jpg

    वडा न १ काे मतगणना सकिँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ८४३ ,राप्रपाका मिर्गेन्द्र शेरचनले ४१४ र एमालेका बाबुराम भट्टराइले ३४० मत पाएका छन् ।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology