बुटवल,बैसाख १७ ।
भैरहवाबाट यात्रु बोकेर काठमाडौं जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट काठमाडौको लागि उड्न रेनवेमा गुडिरेहको तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो । सो बिमानमा ७० जना यात्रु रहेको बिमानस्थलमा खटिएको प्रहरी स्रोतले जनाएको छ ।
सो बारेमा घटनाको थप बिवरण आउन बांकी नै छ । घटनापछि भैरहवा बिमानस्थल बन्द भएको छ । भैरहवामा ल्यान्ड गर्न लागेको अर्काे बिमान काठमाडौं फिर्ता भएको छ । बिमानका सबै यात्रु सकुशल रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)