Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

५ करोडको गरगहना चोरिएपछि बुटवलका सुनचाँदी पसल बन्द

५ करोडको गरगहना चोरिएपछि बुटवलका सुनचाँदी पसल बन्द

  • 4.1K
    SHARES

  • ५ करोडको गरगहना चोरिएपछि बुटवलका सुनचाँदी पसल बन्द

    बुटवल,बैसाख १४ । 

    रुपन्देहीको बुटवलमा एउटै पसलबाट साढे ४ किलो सुनचांदी चोरिएपछि सुनचांदी ब्यबसायी आन्दोलित भएका छन् । मंगलबार बिहान करिब ३ बजेतिर बुटवल उपमहानगरपालिका–६ स्थित बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चारकिलो बराबर सुनचांदी र नगद साढे ५ लाख चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको बुटवल सुनचांदी ब्यबसायी संघका अध्यक्ष गकुल बिश्वकर्माले बताउनुभयो ।

    ब्यबसायीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै श्रृङ्खलाबद्ध चोरीका घटना हुदां पनि प्रशासनले चोर पक्रिने र सुनचांदी फिर्ता गर्न नसकेको भन्दै दुखेको गरेका छन् । अध्यक्ष बिश्वकर्माले रुपन्देहीमा २ महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचांदीचोरी हुनु दुखद रहेको भन्दै ब्यबसायीक बातावरण बन्न नसेकेकोमा चिन्ता जनाउनुभयो ।
    चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माको भनाइ छ ।

    sunn.jpg

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलोका सुनका गरगहना, २२ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको बताउनुभयो ।

    लुटेराले पसलमा तोडफोड गर्नका लागि अक्सिजन ग्यास सहित वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार आफैले पसल चलाएको सोही घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताउनुभयो  ।

    सिसिटिभी फुटेजमा देखिन्छ चोरी गर्ने दुइजना :

    उहांले आफ्नै पसलको छेउमा  २ जना भारतीय नागरिकले फेन्सी खोल्ने भन्दै १३ दिन अगाडी घरबेटी डा योगेन्द्र अग्रहरीसंग सम्झौता गरेको समेत बताउनुभयो । चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएपनि अहिलेसम्म प्रहरीले पक्रन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउनुभयो । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताउनुभयो  ।

    रुपन्देहीमा पछिल्लो २ महिनाभित्र तिलोत्तमाको भलवारीमा रहेको पर्वत महेश्वर सुनचांदी पसल,चैत्र १७ गते रानीबगिया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचांदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचांदी पसल,बैसाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचांदी पसलमा चोरी भएको हो ।

    चोरी कार्यमा संलग्नलाइ तत्काल पक्राउ नगरिए बुटवलका सबै सुनचांदी पसल,जिल्ला प्रशासनमा ज्ञापन पत्र र रुपन्देहीमा सबै सुनचांदी पसल अनिश्चितकालिन बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम तय गरिने पूर्व अध्यक्ष दीपक बिश्वकर्माले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology