बुटवल,बैसाख १३ ।
रूरूक्षेत्र गाउँपालिका गुल्मीमा गठबन्धनबाट यदु ज्ञवाली र हिमाल श्रेष्ठ भिड्ने भएका छन्।
०७४ को चुनावमा पराजित हुँदा सत्ताबाहिर रहेर पनि निरन्तर विकास निर्माणका कामद्वारा लोकप्रिय रहेका नेता ज्ञवाली र नेकपा एमालेका युवा नेता श्रेष्ठ बिच रोचक प्रतिस्पर्धा हुने देखिएको हाे।
मनोनयन दर्ता गर्दै नेता ज्ञवालीले आफ्नो उम्मेदवारी समग्र रूरू यस क्षेत्रका जनताको समृद्धीका लागि लाग्ने बताए।
रूरू १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता अमुल्य श्रेष्ठ,त्यस्तै सदस्यहरुमा माधव ज्ञवाली,महिला खुल्लामा रन्जना ज्ञवाली, खुल्ला सदस्यमा उमानाथ पाण्डे र दलित महिलामा इन्द्राकुमारी बिकले मनोनयन दर्ता गरेका छन् ।
गांउपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओबादी केन्द्रका युवा नेता सन्तोष यदु ज्ञवाली र उपाध्यक्षमा दुर्गादेवी ज्ञवालीले उम्मेदवारी मनोनयन गरेका छन् ।

वडा २ मा नेपाली कांग्रेसका नेता मंगलबहादुर रेगामी, वडा न ३ मा एकीकृत समाजवादीका नेता नरहरी ज्ञवाली, वडा न ४ बाट नेकमा माओवादीका नेता कमल श्रेष्ठ,वडा न ५ बाट पनि नेकपा माओवादीका नेता हरि ज्ञवाली र वडा न ६ बाट नेपाली कांग्रेसका नेता फर्सबहादुर दर्लामीको टिम चुनावी मैदानमा छन्।
जनमोर्चाका नेता टेकबहादुर केसीले वडा न ४ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)