Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी रूरू-१ को वडाध्यक्षमा कांग्रेसले अमुल्य श्रेष्ठलाई उठाउने

गुल्मी रूरू-१ को वडाध्यक्षमा कांग्रेसले अमुल्य श्रेष्ठलाई उठाउने

  • 3.1K
    SHARES

  • गुल्मी रूरू-१ को वडाध्यक्षमा कांग्रेसले अमुल्य श्रेष्ठलाई उठाउने

    बुटवल,चैत २०। 

    नेपाली कांग्रेसले गुल्मी रूरू १ मा अमुल्य श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको छ । रूरूक्षेत्र गाउँपालिका वडा न १ मा युवा नेता  श्रेष्ठलाई आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाउने निर्णय गरेको हो ।

    पार्टीले उम्मेदवार बनाउने निर्णयपछि नागरिक अनलाइनसंग कुराकानी गर्दै श्रेष्ठले आफ्नो निर्बाचन क्षेत्रमा जनताको सेवा गर्ने बताए  ।

    रिडी स्थायी घर भएका उनी लामाे समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनले सबैको मन जितेर निर्वाचनमा होमिने भन्दै युवापुस्ता राजनीतिमा लाग्नु पर्ने बताए । 

    युवाहरुलाई परिचालन गर्ने टोल-टोलमा सकृय कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने बताए ।  उनले रूरू मात्रै नभइ सिंगो गुल्मीमा यसपटक कांग्रेस बिजयी हुने पक्का रहेको दाबी गरे । 

    जनताको सेवा गर्ने र ढाँटछलको राजनीति नगर्ने उनको प्रतिबद्धता छ । रूरू वडा न १ मा २ हजार ६ सय २ मतदाता रहेका छन्। 

    रूरूक्षेत्र गाउँपालिकाभर १६ हजार ६ सय ५२ मतदाता रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology