Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी रूरूक्षेत्र १ मा गठबन्धनबाट उम्मेदवार तय,गांउपालिका अध्यक्षमा यदु,वडाध्यक्षमा श्रेष्ठ  

गुल्मी रूरूक्षेत्र १ मा गठबन्धनबाट उम्मेदवार तय,गांउपालिका अध्यक्षमा यदु,वडाध्यक्षमा श्रेष्ठ  

  • 3.1K
    SHARES

  • गुल्मी रूरूक्षेत्र १ मा गठबन्धनबाट उम्मेदवार तय,गांउपालिका अध्यक्षमा यदु,वडाध्यक्षमा श्रेष्ठ   

    बुटवल,बैसाख ११ ।

    गुल्मीको रूरूक्षेत्र गांउपालिकामा गठबन्धनले उम्मेदवार तय गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठबन्धनबाट रूरू १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता अमुल्य श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

    त्यस्तै सदस्यहरुमा माधव ज्ञवाली,महिला खुल्लामा रन्जना ज्ञवाली, खुल्ला सदस्यमा उमानाथ पाण्डे र दलित महिलामा इन्द्राकुमारी बिक उम्मेदवार बनेका छन्  । गांउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका युवा नेता सन्ताेष (यदु )ज्ञवाली र उपाध्यक्षमा दुर्गादेवी ज्ञवाली चयन भएका छन् ।

    यसपटक आफूहरुले सहजै जित्ने उनले बताए ।  उनीहरुले भोली उम्मेदवारी मनोनयन गर्नेछन् ।  उम्मेदवार चयन भएपछि अमुल्य श्रेष्ठले आफ्नो निर्बाचन क्षेत्रमा जनताको सेवा गर्ने बताए  । सबैको भावना बुझेर गठबन्धनकै जित निकाल्ने उनको भनाइ छ ।

    रिडी स्थायी घर भएका उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनले सबैको मन जितेर निर्वाचनमा होमिने भन्दै युवापुस्ता राजनीतिमा लाग्नु पर्ने बताए । युवाहरुलाई परिचालन गर्ने टोल-टोलमा सकृय कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने बताए ।  उनले रूरू मात्रै नभइ सिंगो गुल्मीमा यसपटक आफूहरु बिजयी हुने पक्का रहेको दाबी गरे । 

    जनताको सेवा गर्ने र ढाँटछलको राजनीति नगर्ने उनको प्रतिबद्धता छ । रूरू वडा न १ मा २ हजार ६ सय २ मतदाता रहेका छन्।रूरूक्षेत्र गाउँपालिकाभर १६ हजार ६ सय ५२ मतदाता रहेका छन् । एमालेले रुरु १ मा वडाध्यक्षमा नवराज बिक र गाँउपालिका अध्यक्षमा हिमाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

    ruru banner.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology