बुटवल,बैसाख ८।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बुटवलकै सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी राप्रपाको पूर्व नगर अध्यक्ष हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)