बुटवल,बैशाख ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफैले भोट हालेका राजनीतिक दल र नेताका कारण दुख पाएको बताउनु भएको छ ।
भाग्यका कारणले जनताले दुख नपाएको उँहाले बताउँदै जनता आफैले भोट हालेर सत्तामा पुराएका राजनीतिक दल र तिनका नेताका कारणले दुख पाएको बताउनु भयो । आज बुटवलमा राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदाताले ठिक राजनीतिक दल र नेतालाई भोट नहाल्दा देश संकटमा परेको टिप्पणी गर्नुभयो ।
राजाको पालामा २९ अर्ब रहेको विदेशी ऋण अहिले बढेर १७ खर्ब पुगेको उँहाले बताउँदै संघीयता आएपछि नेता र जनप्रतिनिधि पाल्नको लागि जनता माथि कर र विदेश ऋण थुप्रार्दै लगिएका बताउनु भयो । देश बचाउने र देश बनाउने बाटोमा राप्रपा अघि बढेको अध्यक्ष लिङ्देनले बताउँदै देश र धर्म जोगाउनको लागि राप्रपा लाई तीन तहको निर्वानमा जिताउनको लागि आग्रह गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा कुनै गठबन्धनमा सामेलन नभई एक्लै चुनाव लड्ने लिङ्दनले बताउँदै जनताले जुन स्थान दिन्छन् त्यही स्थानमा बसेर सेवा गर्ने बताउनु भयो । राप्रपाले जित्ने स्थानीय तहमा भ्रष्ट्राचार लाई शून्य बनाउँने र शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता राखिने उँहाले बताउनु भयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने सोही आमसभामा घोषणा गरेको छ । यस्तै सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा मेयरको उम्मेदवार घोषणा राप्रपाले गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)