Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालन

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालन

  • 2.5K
    SHARES

  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालन

    बुटवल,बैसाख ८।

    गौतमबुद्ध विमानस्थल नेपालको सबैभन्दा छिटो सम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको छ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान-अवतरण सुरु भएको हाे । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।

    यस्तो रिर्पोटका आधारमा उडानरअवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।
    सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

    अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ ।

    धावनमार्ग सञ्चालनमा ल्याएसँगै विमानस्थलको सबे प्रणाली सक्रिय बनेको छ । यद्दपी यो विमानस्थलको उद्घाटन भने आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा गर्ने तयारी छ ।

    यो दिन जजिरा एयरवेजले कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्नेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology