Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

१५ करोड लगानीमा रानीगञ्जमा तिनाउ वाटर पार्क सञ्चालनमा

१५ करोड लगानीमा रानीगञ्जमा तिनाउ वाटर पार्क सञ्चालनमा

  • 3.8K
    SHARES

  • १५ करोड लगानीमा रानीगञ्जमा तिनाउ वाटर पार्क सञ्चालनमा

    बुटवल,बैसाख २ ।

    बुटवलमा तिनाउ वाटर पार्क एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको छ । आन्तारिक र बाह्य पर्यटकलाई जल पर्यटन संग जोड्ने उद्धेश्यले बुटवल १७ तल्लाे नहरपुर रानीगञ्जमा वाटर पार्क तथा पार्टी प्यालेस सञ्चालनमा आएको हो ।

    बुटवलका ६ जना युवाहरु किरण गुरुङ, विकास पराजुली, श्रीमाया थापा, नहकुल शाही ठकुरी, देवेन्द्र केसी र कृष्ण शाही ठकुरीको लगानीमा वाटर पार्क सञ्चालनमा आएको हो । २ विगाहा क्षेत्रफललाई १५ बर्षका लागि लिजमा लिएर वाटर पार्क एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको तिनाउ वाटर पार्क एण्ड पार्टी प्यालेस प्रा.लिका अध्यक्ष किरण गुरुङले जानकारी दिनुभयो ।

    पहिलो फेजमा वाटर पार्क र दोस्रो फेजमा पार्टी प्यालेस सञ्चालन हुने उहांले बताउनुभयो । प्रा.लिका सञ्चालक नहकुल शाही ठकुरीले प्रा.लिमा कुल लागत १५ करोडको रहेको बताउनुभयो ।

    tinau water park.jpg

    बार, रेष्टुरेन्ट, रिनडान्सका साथै पार्कमा सामुन्द्रीक छाल सहितको पौडी पोखरी निर्माण गरिएको छ । भैरहवा पछि यस्तो सामुन्द्रीक छाल बुटवलमा पहिलो रहेको उहांले बताउनुभयो । सर्वसाधरणका लागि ५ सय रुपैया शुल्क पौडीका लागि लाग्नेछ । नयाँ बर्षको अवसरमा सवैलाई १ सय रुपैया छुट प्रदान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology