बुटवल,चैत्र २३ ।
बुटवलमा ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुभारम्भ भएको छ । बुटवल ४ ट्राफिकचोकमा मुख्य कार्यालय रहनेगरि ओम बहुउद्देश्यीय सहकारी संस्थाको आज बिधिवत रुपमा पूजापाठ गरेर शुभारम्भ गरिएको हो ।
१० करोड जारी पुँजी रहेको सहकारीमा हाल करिब ५ सय शेयर सदस्य रहेका छन् । सहकारीका साथ उद्यमशीलता,ब्यबसायिकता र विकास भन्ने नारासहित सहकारी संचालनमा ल्याइएको हो ।
६ जिल्ला कार्यक्षेत्र रहेको सहकारी पूर्ण रुपमा बैंङ्कीङ प्रणालीमा आधारित रहेर संचालन गरिने अध्यक्ष बिष्णु घिमिरेले जानकारी दिए ।
सहकारीबाट अत्याधुनिक सेवा,सुबिधासहित सरल कर्जा,लघुबित्त कर्जा,व्यापार,आवास,रेमिटान्स,उद्मशिल कर्जा निक्षेप,बचत कर्जा दिइने जनाइएको छ ।सो सहकारी बुटवलका ब्यापारी तथा उद्योगीको लगानीमा शुभारम्भ गरिएको सचिव लक्ष्मण सुवेदीले जानकारी दिए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)