बुटवल,चैत्र १६ ।
चुनावको मिति नजिकिएको भन्दै पश्चिमाञ्चल ट्याङकर व्यवसायीले घोषणा गरेको आन्दोलन तत्कालको लागि फिर्ता गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायीले यसअघि गर्ने भनिएको आन्दोलन तत्कालको लागि फिर्ता गरेर नियमित काममा फर्किने जनाएको हो ।
अध्यक्ष राकेश कुमार कसौधनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, नेपाल आयल निगम तथा व्यवसायीबीच वार्तामा पटक पटक वार्ता भएपनि सहमति हुन नसकेको जनाएका छन् ।
वैशाख ३० निर्वाचनको मिति घोषणा गरेकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दोलन तत्कालको लागि फिर्ता लिएर नियमित काममा फर्किने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)