Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलको बुद्धनगर एग्रो फार्म लिमिटेडले ५ कराेडको आइपिओ जारी गर्ने,सम्झाैतापत्रमा हस्ताक्षर

बुटवलको बुद्धनगर एग्रो फार्म लिमिटेडले ५ कराेडको आइपिओ जारी गर्ने,सम्झाैतापत्रमा हस्ताक्षर

  • 3.8K
    SHARES

  • बुटवलको बुद्धनगर एग्रो फार्म लिमिटेडले ५ कराेडको आइपिओ जारी गर्ने,सम्झाैतापत्रमा हस्ताक्षर

    बुटवल,चैत्र १४ ।

    बुटवलमा रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडले ५ कराेड बराबरको आइपिओ जारी गर्ने भएकाे छ ।

    व्यवसाय विस्तार एवं बृद्धि गर्नको लागि थप पुंजी आवश्यकता भएकोले पब्लिकसंगबाट रु. ५ कराेड संकलनका लागि ५ लाख  कित्ता शेयर (समुहिक लगानी कोष र कर्मचारीहरु सहित) जारी गर्ने सम्झाैता गरेको हाे ।

    यसका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबिच साेमबार बुटवलमा आयाेजित एक कार्यक्रममा सम्झाैतापत्रमा हस्ताक्षर समेत भएको छ ।

    कार्यक्रममा एन आई सी एसिया क्यापिटल लिका कार्यकारी प्रमुख रमेन्द्र रायमाझी र बुद्धनगर एग्रो फार्म लिका अध्यक्ष कुल बहादुर के सीले दुई पक्षिय सम्झौतामा हस्ताक्षर समेत गरेको बुद्धनगर एग्रो फार्म लिमिटेडले जनाएको छ ।

    आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको पहिलो कम्पनी हो । 

     

    ipo.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, चैत्र १४ २०७८०६:०३:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology