Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

चैत्र १५ सम्म सरकारले भाडा समायोजन नगरे आफै भाडा बृद्धिगर्ने यातायात ब्यवसायीको चेतावनी

चैत्र १५ सम्म सरकारले भाडा समायोजन नगरे आफै भाडा बृद्धिगर्ने यातायात ब्यवसायीको चेतावनी

  • 2.4K
    SHARES

  • चैत्र १५ सम्म सरकारले भाडा समायोजन नगरे आफै भाडा बृद्धिगर्ने यातायात ब्यवसायीको चेतावनी

    काठमाडौं,चैत १३ ।

    यातायात व्यावसायीहरुले वैज्ञानिक भाडाभर लागु नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् ।

    दैनिक जसो तेलको मुख्य बृद्धि हुने, टायर , मुविल महंगिएको भन्दै उनीहरुले   सरकारले वैज्ञानिक भाडादर  लागु पर्ने पटक पटक माग गरेपनि अझै सम्म लागु नगरेकोमा आक्रोश पोखेका छन् । 

    नेपाल यातायात  व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष  डिल बहादुर ढुङ्गानाले सरकारलाइ आफुहरुले दिएको अल्टीमेटम सकिएको र यहि  १५ गतेसम्म   भाडा समायोजन नभएमा लुम्बिनी प्रदेशमा आफै भाडा  तोक्न  बाध्य हुने चेतावनी दिए ।

    उनले अन्य केहि प्रदेशका पनि यस्तै तयारी  भईरहेको बताउदै   भाडादर समायोजनमा सरकारले ध्यान  निदएको आरोप लगाए । उनले भर्ने  कोभिडका कारणले दुई वर्षसम्म  सवैभन्दा धेरै नोक्सान व्योहोरेका  यातायात व्यावसायीहरु अहिले झन् तेल,सामान बढेको छ त्यसमाथी सरकारले आफै कार्यान्वयन गरेको छैन् , त्यस कारण हामी बाध्य भएर भाडा बृद्धि गर्नुपर्छ ।’

    उनले बुटवल  यातायात प्रालिसँग अगाडि दिनमा थप सहकार्य गरेर अगाडि जानु पर्ने बताए । यातायात प्रालि बुटवलको  प्रथम साधारण सभा तथा अधिवेशन रविन्द्रमान श्रेष्ठको अध्यक्षता भएको  अधिवेशनमा पूर्व अध्यक्ष डिल बहादुर थापा,अधिवक्ता जिवनारायण अधिकारी,प्रेस सल्लाकार खिमानन्द भट्टराई ,कोषाध्यक्ष ज्ञान बहादुर सार्कि,व्यावसायी मधु अर्याल लगायतले बोल्दै सिन्डीकेट, कोरोना र बैंकहरुको ब्याजदर बृद्धिले व्यबसायीहरु  चरम मारमा परेको गुनासो गरेका थिए । कार्यक्रमको संचालन सचिव दीपक श्रेष्ठ  र स्वागत आकाश कुमार श्रेष्ठले  गरेको छ ।

    yatayat.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology