Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न

  • 1.9K
    SHARES

  • माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सम्पन्न

    बुटवल,फागुन २९ ।

    लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)को दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ ।

    पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेका थिए । सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैकले एसोसिएसन सगँ सहकार्य गर्नुपर्ने बताएका छन् ।

    लघुवित्तको माध्यमवाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सृजना गर्ने र लघुवित्तका सेवाग्राहीहरुले चर्को व्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस बिषयमा सरकारले एसोसिएसन सगँ सहकार्य गरि अगाडी बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्त प्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यत्त गरेका थिए ।

    बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक तथा नेशनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।  सभामा लघुवित्त बिषयमा बिद्यावारिधी गरि बिज्ञता हासिल गरेका पाँच जनालाई बिषेश सम्मान गरिएको थियो ।

    नेपाल राष्ट्र बैकका निर्देशक डा.शालिकराम पोख्रेल, पुर्व सचिव डा.मान बहादुर बिश्वकर्मा,त्रिभुवन बिश्वबिद्यालयका प्रध्यापक डा.पुष्पराज शर्मा,त्रिभुवन बिश्वबिद्यालयका उप प्रध्यापक डा.भरत सिंह थापा र अर्थविद नरहरी ढकाललाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सवैजनालाई स्वागत मन्तव्य व्यत्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत कर मध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतवाट लघुवित्त कोष स्थापना गरि उत्त कोषवाटनै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त संचालनमा सहज हुने बताएकी छिन् ।

    २ चरणमा सम्पन्न साधारण सभामा पहिलो चरणको कार्यक्रम संचालन एसोसिएसनका महासचिव बाबुराम बिश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्द सत्रको संचालन एसोसिएसनका सचिव अनन्त कुमार श्रेष्ठले गरेका थिए । बन्दसत्रमा अध्यक्षता ग्रहण गर्दे एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक बर्ष २०७७-०७८ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार,नेपाल राष्ट्र बैंक सगँ निरन्तर कुरा उठाईरहेको बताएका छन् ।

    अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदन सहित प्रस्तावित कार्यक्रमहरु सर्वसहमतीमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको बार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतीमा पास भएको थियो । सभामा एसोसिएसनका संचालक सदस्य बाबुराम थापा, संचालक सदस्य बिमला उपाध्याय, संचालक सदस्य किरण चौधरी सहित ५० लघुवित्तका ६० जना अध्यक्ष तथा संचालकहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology