Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सेन्चुरी कर्मशियल बैंकले मनायो ११ औँ स्थापना दिवस,गर्यो सामाजिक काम

सेन्चुरी कर्मशियल बैंकले मनायो ११ औँ स्थापना दिवस,गर्यो सामाजिक काम

  • 1.7K
    SHARES

  • सेन्चुरी कर्मशियल बैंकले मनायो ११ औँ स्थापना दिवस,गर्यो सामाजिक काम

    बुटवल,फागुन २९ ।

    सेन्चुरी कर्मशियल बैकले स्थापनाको ११ औँ बार्षिकोत्सवमा रचनात्मक काम गरेको छ। बैकको स्थापना दिवसको अवसरमा देशभर बैकले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरुको आयोना गरी बार्षिकोत्सव मनाएको हो।

    लुम्बिनी प्रदेश भित्र रहेका बैकका विभिन्न १३ वटा शाखाहरुले प्रादेशिक कार्यालय भैरहवाको अगुवाईमा बित्तिय साक्षरता, रक्तदान कार्यक्रम, डस्बिन बितरण लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको बैकका लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका नायव प्रमुख यादव भट्टराइले नागरिक अनलाइनलाइ जानकारी दिए।

    jhola.jpg

    बार्षिकोत्सवको अवसरमा बैकको बुटवल स्थित शाखा कार्यालयले बुटवलको देविनगरमा अवस्थित शहिद स्मृती आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुको लागी विद्यालय लैजाने झोला हस्तान्तरण गरेको छ। बैकको बुटवल शाखा प्रमुख स्मृती श्रेष्ठको अध्यक्षतामा सो विद्यालयमा अध्ययन गर्ने २ सय २ जना बालबालीकाको लागी विद्यालय लैजाने झोला हस्तान्तरण सँगै सोही विद्यालयमा अध्ययन गर्ने बालबालीकाका अभिभावकहरुका बिचमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पनि सम्पन्न गरेको छ।

    centuri bank.jpg

    यस्तै बैकले स्थापना दिवसको अवसरमा रुपन्देहीको सुद्धोद्धन गाउपालीकामा १५ थान डस्बिन बितरण गरेको छ। बैकको लुम्बिनी प्रादेशीक कार्यलय भैरहवाका कार्यालय प्रमुख बिष्णु तिवारीको बिशेष उपस्थितीमा सुद्धोद्धन गाउपालीकामा फोहर मैला व्यवस्थापनमा सहजता होस भन्ने उद्धेश्यले डस्बिन हस्तान्तरण गरेको हो।

    बैकको सस्थागत सामाजीक उत्तरदायीत्व अन्र्तगत रहेर स्थापना दिवसको अवसरमा गाउपालीकालाई डस्बिन बितरण गरिएको बैकका अमुवा शाखा प्रमुख शोमा शर्माले बताइन। बैकको कोहलपुर शाखाले पनि डस्बिन बितरण गरी स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा बैकको लुम्बिनी प्रादेशीक कार्यलय अन्र्तगत पर्ने भैरहवा शाखा, परासी शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।

    यस्तै बाकेको नेपालगंज, कोहलपुर, रुपन्देहीको मर्चवार, दाङ्गको घोराही, अर्घाखाचीको मालारानी, भुमिकास्थान, गुल्मीको छत्रकोट र नवलपरासीको बेलाटारी शाखाले स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको सेन्चुरी कर्मशीयल बैकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology