Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमै हुन्छ मेसिनबाट गरगहना उत्पादन,शोरुम शुभारम्भ

बुटवलमै हुन्छ मेसिनबाट गरगहना उत्पादन,शोरुम शुभारम्भ

  • 3.7K
    SHARES

  • बुटवलमै हुन्छ मेसिनबाट गरगहना उत्पादन,शोरुम शुभारम्भ

    बुटवल,फागुन १७ । 

    मेसिनद्वारा गहना उत्पादन गर्दै आएको फोरनाइन गोल्ड प्रालिले आफ्नै शो रुम तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । फोरनाइन गोल्ड ज्वेलर्स बिक्री केन्द्रको मंगलबार बुटवल,विपि पथमा एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

    विगत ४ वर्षदेखि मेसिनबाट सुन तथा चाँदीका गहना उत्पादन गर्दै आएको प्रालिले आफ्ना उत्पादन आँफै होलसेल तथा खुद्रा बिक्री गर्ने उद्देश्यले शो रुम तथा बिक्री केन्द्रका रुपमा गोल्ड ज्वेलर्स सञ्चालनमा ल्याएको ज्वेलर्सका संचालक किसन विश्वकर्माले बताए।

    प्रोपराइटर विश्वकर्माले पश्चिम क्षेत्रमै मेसिनबाट गहना निर्माण गर्ने आफू पहिलो र एकमात्रै रहेको दावी गरे । उनले नागरिक अनलाइनसंग भने ‘हामीले पहिलोपटक पश्चिम क्षेत्रमै पहिलोपटक हामीले गहना बनाउने मेसिन भित्राएका हौं । र, अहिले पनि हामी मात्रै छौं । मेसिनबाट छिटो,छरितो र शुद्धता हुने गर्दछ ।’

    बुटवल–११ देविनगरमा रहेको उनको प्रालिद्वारा उत्पादित सुन तथा चाँदीका गहनाहरु बुटवल लगाएत पूर्वमा नारायणगढ र पश्चिममा दाङ्ग,नेपालगञ्जसम्म बिक्री हुने गरेको प्रोपोराइटर विश्वकर्माले बताए । विश्वकर्मा डिजाइनर पनि हुन् । उनले समय सापेक्ष तथा मागअनुसारका गहना डिजाइन तथा उत्पादन गर्दै आएको बताए ।

    fore nine gold.jpg

    विगत १० वर्षदेखि सुनचाँदी व्यवसायमा संलग्न हुँदै आएका २८ वर्षिय युवा विश्वकर्माले काष्टिङ मेसिनबाट दैनिक सय प्रकारका,एक किलोसम्मका गहना उत्पादन गर्न सकिने नागरिक अनलाइनलाइ बताए । रु एक करोड लागतबाट कम्पनी तथा व्यवसाय सुरु गरेका विश्वकर्माले हाल २ करोड ५० लाख बढीको लागत रहेको बताए ।

    विपीपथमा सञ्चालनमा आएको फोरनाइन गोल्ड ज्वेलर्सको उनकी आमा मिना विश्वकर्माले उद्घाटन गरेकी हुन् । गोल्ड प्रालिमा हालसम्म ८ जना रोजगाररत रहेको र ज्वेलर्समा ५ जना रोजगार हुने फोरनाइन गोल्डका अर्का सञ्चालक गोविन्द विश्वकर्माले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology