बुटवल,फागुन १५ ।
बुटवलमा टाटा ४०७/३४ BSIV स्कुल बस लन्चिङ गरिएको छ ।
सिप्रदी ट्रेडिङ प्रालि बुटवलले नयाँ बस बुटवलमा भित्राएर लन्च गरेको हो । स्कुलका लागि उपयोगी बसको प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले शुभारम्भ गरे । सो अबसरमा रूपन्देहीका सबैजसो स्कुलका प्राचार्य तथा प्रतिनिधिको सहभागिता समेत रहेको थियो ।
नेपालमा पहिलाेपटक बिएसफाेर( BSIV) स्कुल बस ३० सीट क्षमता,८४ हर्ज पावर ,पावर स्टेरिङ तथा एयर ब्रेक रहेको छ ।
नयाँ मोडलमा बजारमा आएको बस निकै उपयोगी रहने सिप्रदी बुटवलका प्रमुख पशुपति पौडेलले बताए । सो अबसरमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले बस संचालनले बिद्यार्थी तथा अभिभावकलाइ थप सजिलो बनाउने धारणा राखे । कार्यक्रममा रूक टण्डन ,खेमराज आचार्य लगायतले बोलेका थिए ।
सो बस ,युराे फाेर ,वातावरण मैत्री ,बलियो सिट क्षमता,कम इन्धन खपत,किफायती,बलियो इन्जिन,एन्टिलक ब्रेकिङ सिस्टम,सिआर कमन रेल इन्जिन ,विश्वस्तरिय मार्कोपाेलाे बढी रहेको ,माइलेज राम्राे,गाडी सुरक्षित ,मर्मत खर्च कम हुने र लक्जरी रहेको रूक टण्डनले नागरिक अनलाइनलाइ जानकारी दिए ।
बसको हालको मुल्य ३८ लाख रहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)