Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मानव सहायता समूह नेपालद्वारा अपाङ्गता भएका  २ जनालाइ  १ लाख १० हजार सहयोग 

मानव सहायता समूह नेपालद्वारा अपाङ्गता भएका  २ जनालाइ  १ लाख १० हजार सहयोग 

  • 2.2K
    SHARES

  • मानव सहायता समूह नेपालद्वारा अपाङ्गता भएका  २ जनालाइ  १ लाख १० हजार सहयोग 

    बुटवल,फागुन १० ।

    मानव सहायता समूह नेपाल (एचएसजी नेपाल)ले स्याङ्जाका दुईजना अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ९,पिपलटारी घर भएका निमबहादुर रावत र लिला रावतका दुई जना अपाङ्गता भएका छोराहरुलाई रु १ लाख १० हजार सहयोग प्रदान गरिएको हाे ।

    टिकटकबाट मानव सहयोगको लागि जोडिएको ‘मानव सहायता  समूह नेपाल’ले पिपलटारीका २२ वर्षीय ख्याम बहादुर र १३ वर्षका आनन्द लाई आर्थिक सहयोग गरेको हो ।

    टिकटकमा लाइभ होस्ट गरेर आएको गिफ्ट तथा अन्य सहयोगी दाताहरुबाट संकलित रकमले वालिङका दुईजना अपाङ्गहरुलाई आर्थिक सहयोग गरेको मानव सहयता समूह नेपालका अध्यक्ष टिका प्रसाद तिमिल्सिनाले नागरिक अनलाइनलाइ बताउनुभयो ।

    उहाँले आर्थिक रुपले विपन्न परिवारको लागि समूहले सहयोग गर्दै आइरहेको बताउँदै मनोरञ्जनको रुपमा प्रयोग गरिँदै आइरहेको टिकटकलाई सही रुपमा प्रयोग गरेर समाजसेवामा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

     तिमिल्सिनाले पछिल्लो समय टिकटक मागी खाने भाँडोको रुपमा आम मानिसले बुझिरहेको अवस्थामा त्यो भ्रमलाई चिर्न आफुहरुले समूह गठन गरेर मानव सेवामा समर्पित भएको उल्लेख गर्नुभयो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार गोकर्ण थपलियाले सरकारले हरेक नागरिकको दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्दै समाजिक सेवा गर्न कुनै पनि परिधिले नछेक्ने बताउनुभयो । कार्यक्रममा मानव सहायता समुह नेपालका उपाध्यक्ष सुरेश घलेले संस्थामा आवद्ध सबै सदस्यहरु निस्वार्थ भावका साथ मानव सेवामा लागेको बताउनुभयो ।

    उहाँले टिकटकबाट हुने कमाई सबै मानवसेवामा खर्च गरेको उल्लेख गर्दै संस्थाका सम्पूर्ण सदस्यहरु आफ्नै पेशा,व्यवसायमा जोडिएका कारण सामाजिक सञ्जालबाट हुने आम्दानी मानव सेवामा लगाएको जानकारी दिनुभयो ।  

    कार्यक्रममा वडा नं ९ का कार्यबाहक वडा अध्यक्ष दिपक श्रेष्ठले समाजिक सञ्जालको प्रयोगबाट मानव सेवाको लागि पनि  काम गर्न सकिने उल्लेख गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गर्दै संस्थाकी कोषाध्यक्ष एका कुमारी तिमिल्सिना तुलसाले टिकटक लाइभ होस्टमा आएको गिफ्टबापत आएको रकम तथा अन्य सहयोगी दाताहरुले प्रदान गरेको रकम नै संस्थाको आर्थिक उपार्जनको पाटो भएकाले दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    पिडितकी आमा लिला रावतले मानव सहायता समूह दिन दुखीहरुको लागि सहारा बनेको उल्लेख गर्नुभयो ।

    सामाजिक सञ्जाल टिकटकमा लाइभ होस्ट गरेर आएको रकम  तथा अन्य सहयोगी दाताहरुबाट आएको सहयोग संकलन गरी देशैभरका विभिन्न ठाउँमा गई धेरै गरिब,असहाय तथा अशक्तहरुको सेवा गर्दै आइरहेको संस्थाले जनाएको छ ।

    सामाजिक सञ्जाल टिकटकबाट आएको गिफ्ट र अन्य सहयोगदाताहरुबाट सहयोग संकलन गरेर सहयोग गरिएको संस्थाले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology