Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यालिब्रेसन गर्ने जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

क्यालिब्रेसन गर्ने जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

  • 3.4K
    SHARES

  • क्यालिब्रेसन गर्ने जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    बुटवल,फागुन ५ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज भैरहवा अवतरण गरेको छ । विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमान स्थलमा आइ पुगेको हाे ।

    पाइलट,को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिए । भोलिबाट नै बिमानस्थलको क्यालिब्रेशन फ्लाइट गरि चेकजाँच हुने छ ।

    एरो थाईले कोरोना महामारीलाई ख्याल गर्दै भीडभाड नगर्न, स्वास्थ्य मापदण्डको ख्याल गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी २ वटा दैनिक परीक्षण उडान हुनेछन् ।

    परीक्षण उडानका क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको माग अनुसारको समयसम्म उडान भर्ने सुविधा दिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले बताए ।aero thai air.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology