Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो,शुक्रबारदेखि लागू हुने

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो,शुक्रबारदेखि लागू हुने

  • 2.3K
    SHARES

  • दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो,शुक्रबारदेखि लागू हुने

    बुटवल,माघ २७ ।

    सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

    मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यस्तै वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।  यस अघि काठमाडौंमा ७६, वुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटरमूल्य ७० रुपैयाँ थियो ।

    संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जानकारी दियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

    बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।

    यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology