Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)

  • 2.5K
    SHARES

  • प्यूठानमा जन्ती बोकेको जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)

     बुटवल,माघ २२ ।

    प्यूठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।  जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।

    गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय  बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

    सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का,  २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।

    घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका-६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका-६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।

    दुर्घटनास्थल निकै विकटस्थल भएको हुँदा घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ।
    नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।nam list.jpg

    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जीप दुर्घटनामा परेको हो।  जीप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology