Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्युठानको गौमुखी ओखरपाटामा जीप दुर्घटना,बेहुली लिएर फर्किंदै गरेका ६ जनाको मृत्यु,७ घाइते

प्युठानको गौमुखी ओखरपाटामा जीप दुर्घटना,बेहुली लिएर फर्किंदै गरेका ६ जनाको मृत्यु,७ घाइते

  • 2.0K
    SHARES

  • प्युठानको गौमुखी ओखरपाटामा जीप दुर्घटना,बेहुली लिएर फर्किंदै गरेका ६ जनाको मृत्यु,७ घाइते

     बुटवल,माघ २२ ।

    प्युठानको गौमुखी गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । 

    जजीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।

    मृतक र घाइतेको सनाखत भइसकेको छैन । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ । जीप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology