Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

 उद्याेग बाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित

 उद्याेग बाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित

  • 2.7K
    SHARES

  •  उद्याेग बाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित

    गुल्मी,पुस २५ ।

    उद्याेग बाणिज्य संघ गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् ।शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधिकारी, सहकोषाध्यक्षमा ईश्वरी कंडेल निर्वाचित भएका छन् ।

    जिल्लामा व्यपारीहरुको छाता संगठनमा राजनीतिक दल समर्थक व्यापारीहरू विभाजित भएका छन् । गुल्मी उद्योग बाणिज्य संघमा नेकपा एमाले समर्थक व्यापारीलेहरूले भने सहभागिता जनाएका छैनन् ।

    जिल्लामा अहिले बाणिज्य संघसँगै चेम्बर अफकमर्स र उद्योग संघ विस्तार भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology