बुटवल,पुस २४ ।
प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था बुटवल ४ को ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले सहकारीलाइ उद्यमशीलतातर्फ उन्मुख गर्नुपर्ने बताए ।
उनले पहिचान कायम राख्दै प्रतिबद्धले समाज रुपान्तरण र रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले उत्पादनशील सहकारीलाइ सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
सो अबसरमा सहकारीका संस्थापक अध्यक्ष बिष्णु पुरीले सहकारीका मापदण्डहरु सही ढंगले पालना गरेर अघि बढ्न सुझाव दिए । कार्यक्रममा अध्यक्ष घिमिरे र कोषाध्यक्ष पूर्णचन्द्र अर्यालको प्रतिबेदन पारित भएको छ ।
लक्ष्य प्रतिस्प्रर्धा र समृद्धिका लागि बचत भन्ने मूल उद्धेश्यका साथ २०६७ सालमा स्थापित सहकारीको शेयर पूजी १ करोड ८८ लाख९६ हजार १ सय ५० छ भने ९ लाख ५० हजार ८ सय ६१ रुपौया मुनाफा रहेको छ । सहकारीले मर्जरको प्रस्ताब समेत पारित गरेको छ भने धितो मुल्यांकनका आधारमा २० लाखसम्म ऋण दिने , दुर्घटना बिमा बापत १ लाख दिने प्रस्ताव पारित गरेको अध्यक्ष राजेन्द्र घिमिरेले बताए ।
सो अवसरमा उपाध्यक्ष शारदादेबी शर्मा,शेयर सदस्य लक्ष्मण गैरे लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट ऋणी प्रकाश भण्डारी,उत्कृष्ट उद्यमी गंगाबहादुर महत तथा कर्मचारीलाइ समेत सम्मान गरिएको थियो ।त्यस्तैगरि सहकारीको रिक्त सचिब पदमा सदस्य रहेका भुवन भुसाल र सदस्यमा देबी प्रसाद पौडेललाइ नियुक्त गरिएको ब्यबस्थापक रिखिराम भट्टराइले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)